Google

Tuesday, April 10, 2007

Nice piece in Kantipur: आन्दोलनमा विचारहीनता

Though the Kantipur Daily did not entertain any comment on the much hyped Jhan Charitraheen Cheli's Declaration, it has published a commentary by a female writer in it's op-ed. (I just noticed it a couple of hours ago today when I woke up and opened the archive of Kantipur.)

It's "
आन्दोलनमा विचारहीनता", Mamata Sharma Nepal.

In the article she disagrees with the JCCs in their modus operandi. Giving a brief account of "bad girls", she has argued how feminist movement should be carried out.

I salute this writer. If you want to read this you can click here.

Or you can read it here:

आन्दोलनमा विचारहीनता

ममता शर्मा नेपाल

फागुन १२ गते "झन् चरित्रहीन चेली"हरूको नया“ घोषणा प्रकाशित भयो । उनीहरूले ०६० फागुन २२ मा घोषणा भएको चरित्रहीन चेलीहरूको समूहबाट आफू अलग भएको बताए । चरित्रहीन चेलीहरूको चालीस बु“दे घोषणाालाई स्वीकार गर्दै १२ बु“दे आफ्ना माग अघि सारेका छन् । झन् चरित्रहीन चेलीहरूले पनि पुरानो समूहले झैं आफ्नो परिचय लुकाएका छन् ।

चरित्रहीन चेलीको चालीस बु“दे घोषणापत्रको विषयमा धेरै प्रतिक्रिया आएका थिए । त्यसले नेपालको नारीवादी क्षेत्रमा प्राज्ञिक विमर्शलाई पनि अभ्रि्रेरित गरेको थियो । तर झन् चरित्रहीन चेलीको १२ बु“दे घोषणापत्रबारे त्यति प्रतिक्रिया आएको पाइएन । तीन वर्षघि चरित्रहीन चेलीहरूले आफ्ना माग राख्दा नेपालको नारीवादी चिन्तनको क्ष्ँेत्रमा एउटैमात्र कुरा खट्किएको थियो- उनीहरूको भूमिगत विम्ब । यो विषयमा पछिसम्म पनि विवाद जारी रह्यो । उनीहरूले खुलेर आफ्नो उत्तरदायित्व कबुल गर्दै दृश्यमा आउनर्ुपर्छ भन्ने सुझाव र सदाशय चौतर्फी रूपबाट प्रकट भएको थियो । उनीहरूले ती सुझाव लिएनन् । फलस्वरूप त्यसले उनीहरूप्रति नकारात्मक दृष्टि बढायो । उनीहरूको आलोचनामा मानिसले कतिसम्म तल ओर्लिएर टिप्पणी गरे भने यो जमात आफ्नो समयको चुनौती खुलेर सामना गर्न चाह“दैन । समूह केही अल्लारे युवा महिलाको लहडमात्र हो । त्यसपछि उनीहरूले ल्याएको त्यो तरङ्ग क्रमशः शिथिल भएर गयो ।

अहिले ठीक यस्तै भएको छ । झन् चरित्रहीन चेलीहरूले अन्तर्रर्ााट्रय नारी वर्ष २००७ लाई आफ्ना मागहरू पूरा गर्नुपर्ने अन्तिम समयसीमा दिएका थिए । तर त्यो पर्व पनि आयो र गयो । उनीहरू संर्घष्ामा आएनन् र परिचय पनि खुलाएनन् । सायद उनीहरूले आफ्नो घोषणा बिर्सर्ेे उनीहरूबारे नारीवादी विमर्शमा चासो नराख्नुका पछाडि यही कारण रहेको हुनर्ुपर्छ ।

चरित्रहीन चेलीहरू नारीवादका विभिन्न धारमध्ये उग्रनारीवादी धारबाट प्रभावित भएको पाइन्छ । 'चरित्रहीन चेली' भन्ने शब्दावली अमेरिकाकी लेखक नाओमी उल्फले प्रयोग गरेको 'बैड गर्ल' को छाया अनुवादजस्तो देखिन्छ । नाओमी उल्फले आफ्नो पुस्तक "फायर विथ फायर"मा 'बैड गर्ल' शब्दको धेरै प्रयोग र व्याख्या गरेकी छन् । उल्फले झैं चरित्रहीन चेलीहरूले नेपालमा पनि लैङ्गकि भूकम्प -जेन्डर क्वेक) ल्याउने विचार गरेको देखिन्छ । अमेरिकामा सन् १९९१ मा कानुनकी प्रोफेसर अनिता हिलले यौन हिंसाविरुद्ध आवाज उठाएर एउटा भुइ“चालो नै ल्याइन् भन्ने उल्फको पुस्तकको सारांश हो । यसले विश्वलाई नै हल्लाएको थियो । त्यसबेला अमेरिका, क्यानाडा, अस्ट्रेलियाजस्ता मुलुकमा राजनीतिक क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्न दबाबको काम गरेको थियो ।

संसारमा अहिलेसम्म जति पनि आन्दोलन भए, ती अनुहार लुकाएर वा भूमिगत रहेर भएका छैनन् । तर्सथ यस सर्न्दर्भमा चरित्रहीन चेली र झन् चरित्रहीन चेलीहरू को हुन् र किन अगाडि आउ“दैनन् - भन्ने प्रश्न उठिरहन्छ । उनीहरू महिला नै हुन् वा पुरुषले महिलावादी आन्दोलनलाई खिल्ली उडाउने हिसाबले ठट्टाको शैली रोजेका हुन् - स्पष्ट छैन । हुन त यसमा सत्यता नहुन सक्ला, तर उनीहरूले आफ्नो अनुहार लुकाएकोले यस्ता प्रश्नहरूले वैधता पाउने सम्भावना देखिएको छ ।

झन् चरित्रहीन चेलीको घोषणा र अनुत्तरदायी शैलीले नेपाली नारीवादी आन्दोलनमा निहित विचारहीनतालाई झल्काउ“छ । यो कुरा महिला आन्दोलनको अन्य फा“टमा पनि उत्तिकै सत्य देखिन्छ । यहा“ एकातिर नारीवादीहरूमा आफ्ना मागप्रति वारिस नहुने प्रवृत्ति छ भने अर्कातिर एनजीओहरूले आविष्कार गरेर आंशिक माग र शब्दावलीलाई सुगाले रटेजस्तो रटेर हि“ड्ने प्रवृत्ति हावी छ । एनजीओ सम्भ्रान्त, मध्यमवर्ग र सहरी बुद्धिजीवीहरूको कब्जामा सीमित छन् । बा“की सहरी गरिब र गाउ“मा रहेको ठूलो संख्यालाई मुक्तिको विषयमा केही पनि थाहा छैन ।

नेपाली नारीवादी आन्दोलनको इतिहास त्यति लामो छैन । यहा“ जति पनि आन्दोलनका झिल्का छन्, तिनमा पश्चिमको उदार नारीवादको बढी प्रभाव छ । उदारवादी नारीवाद पश्चिमा नारीवादी सिद्धान्तहरूको विभिन्न धारा-उपधारा मध्येको पहिलो धार हो । अठारौं शताब्दीमा ज्ञान प्रसार आन्दोलन र पु“जीवादको सुरुवातस“गस“गै त्यतिबेलाका नेता तथा सिद्धान्तकारले मान्छेको अधिकारको कुरा उठाउ“दा त्यहा“ नारीको स्थान थिएन । नारीलाई बौद्धिक र शारीरिक दुवै रूपले अक्षम मानिन्थ्यो । उनीहरूलाई भावनात्मक भूमिकाका लागिमात्र उपयुक्त मानिएको थियो । यस्तो भन्नेहरू वाल्टेयर, दिदेरो, मन्टेस्क्यु र खासगरी रूसो थिए । यिनीहरूको विचारप्रति कडा प्रहार गर्दै सन् १७९२ मा बेलायती मेरी वाल्स्टनक्राफ्टले 'विन्डीकेसन अफ दि राइट्स अफ वुमेन' -महिला अधिकारको औचित्य) भन्ने पुस्तक लेखेर नारीवादी विचारधाराको सूत्रपात गरेकी थिइन् । यसरी पश्चिमा नारीवादको इतिहासलाई पल्टाउ“दा उदारवादी नारीवाददेखि समाजवादी र मार्क्सवादी नारीवाद, उग्रनारीवाद हु“दै उत्तर-आधुनिक नारीवादसम्म आएर अडिन्छ ।

उन्ााइसौं शताब्दीको मध्यतिर मार्क्सवादी चिन्तनको उदयस“गै मार्क्सवादी नारीवादको पनि सुरुवात भएको थियो । मार्क्सवादले वर्गसंर्घष्ालाई महत्त्व दिए पनि महिला अधिकार र आन्दोलनको विषयलाई पनि ध्यानपर्ूवक हेरेको पाइन्छ । अझ खासगरी एंगेल्सले लेखेको पुस्तक "परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति" ले नारीवादी विमर्शलाई उचाइमा पुर्‍याएको थियो । त्यस पुस्तकको निष्कर्षा उनले भनेका छन्, "विवाहमा पुरुषको श्रेष्ठता उसको आर्थिक श्रेष्ठताको सीधा परिणाम हो । आर्थिक श्रेष्ठता समाप्त हु“दा वैवाहिक जीवनमा पुरुषको श्रेष्ठता पनि समाप्त हुन्छ ।" त्यसैले उनले पुरानो परिवार र विवाहको कुरालाई नया“ ढंगले परिभाषित र पुनःसंरचित गर्नुपर्छ भनेका छन् ।

बीसौं शताब्दीको ६० को दशकपछि उग्रनारीवादी धाराको जन्म भएको थियो । प|mान्सिसी लेखिका सिमोन द बोउवारको पुस्तक 'द सेकेन्ड सेक्स' निकै चर्चित भयो । यो धाराको खास विशेषता हो- घरभित्र नै नारीहरूको सबै सुख छ भन्ने परम्परागत मान्यता तोड्नु, महिलाको प्रजननमा अधिकार, बच्चा जन्म्ााउने तथा बच्चा हर्ुकाउने मानिसको रूपमा नारीलाई हर्ेर्दै पुरुषले गर्ने नियन्त्रण हटाउने आदि । नारीवादको यो उग्रधाराका पक्षधरले महिलाहरू पिछडिनुको पछाडि प्रमुख कारणको रूपमा पुरुषलाई नै दोष

दिएका छन् ।

यसैगरी नारीवादको अर्को उपधारा 'तेस्रो विश्व तथा अल्पसंख्यक जातीय नारीवाद'का रूपमा पनि देखापरेको छ । यसलाई समलिंगी नारीवादको रूपमा पनि लिइएको छ । यसले तेस्रो विश्वका देशहरूमा पश्चिमा नारीवादको प्रासंगिकता र थोपरिएको उदार नारीवादको उपयोगिता कति हुन्छ भन्ने प्रश्न उठाएको छ ।

नब्बेको दशकमा नारीवादको अर्को धारा पनि देखियो, उत्तर-आधुनिक नारीवाद । यस धाराले यथार्थको व्याख्याभन्दा मनोवैज्ञानिक विश्लेषण र छलफललाई महत्त्व दिएको छ । जसले नारीवादी सिद्धान्तको व्याख्या -विश्लेषण) र नारी स्थितिमा हुने परिवर्तनको सम्भावना कमजोर बनाएको देखिन्छ, नारीवादी चिन्तकहरू भन्छन् । यो धाराका विचारक डेरिडा, फुको, लसान आदि देखिएका छन् ।

पश्चिमा नारीवादलाई हर्ेदा त्यहा“ नारी मुक्तिको विषयमा धेरै विमर्श, तर्क-वितर्क भयो र एकअर्का धाराहरूको खण्डन र टिप्पणी भयो, जसले नारीवादी आन्दोलनलाई सशक्त बनाएको देखिन्छ ।

नेपालको पर्रि्रेक्ष्यमा नारीवादी आन्दोलनको आफ्नै गति र मौलिक परिचय छ । र्सवप्रथम योगमायाले नारी व्रि्रोहको सुरुवात गरेकी हुन् । राणाकालमा छोरीले पढ्न हु“दैन भन्ने मान्यता तोड्दै विभिन्न किताब पढेर राणा हुकुमको अवज्ञा गरेकी थिइन् उनले । ००४ सालमा मङ्गलादेवी सिंह 'नेपाल महिला संघ' गठन गर्दै अघि बढिन् । ००७ सालको क्रान्तिमा थुप्रै महिलाले भाग लिएको इतिहासबाट लुकेको छैन । सहाना, साधना प्रधान आदि केही उल्लेखनीय नाम हुन् । राणाशासनको पतनपश्चात् ६३ जना महिलाले तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको दरबारमा गएर महिला मताधिकारनिम्ति लामो बहस गरेका थिए । पञ्चायतकाल इतिहासकै निरङ्कुश समय मानिन्छ । पञ्चायती सरकारले वर्गीय संगठनको रूपमा 'नेपाल महिला संगठन' को स्थापना गर्‍यो । साथै यसै अवधिमा सन् १९७५ लाई संयुक्त राष्ट्रसंघले अन्तर्रर्ााट्रय नारी वर्षघोषणा गरेपछि महिलाका लागि विभिन्न कार्यक्रम गर्न थालिए ।

०४६ को जनआन्दोलनमा थुप्रै महिला सहभागी भए । त्यस आन्दोलनपछि नारी संगठनका विभिन्न ढोका खुलेका छन् । ०६२-६३ को जनआन्दोलनमा पनि महिला सहभागी भए । सेतु विक र तुलसी क्षत्रीले सहादत प्राप्त गरी मुक्ति आन्दोलनको इतिहासमा नाम लेखे । यति हु“दाहु“दै पनि नेपाली नारीवादी क्षेत्रमा दृष्टिहीनताको अभाव खट्किरहेको छ । कहा“सम्म पुग्ने भन्ने विषयमा अन्योल छ । यता आएर आमाको नामबाट सन्तानले नागरिकता पाउने, वैवाहिक बलात्कार अपराध मानिने, पैत्रिक सम्पत्तिमा छोरीको समान हक लगायतका सुधार भएका छन् । महिलामाथि विभेदको समूल अन्त्य हुनसकेको छैन । कार्यस्थलमा यौनहिंसा, घरमा हुने उत्पीडन यथावत छ ।

वास्तविक समस्या घरभित्रै छ । हाम्रो परिवारको संरचना पुरुष केन्द्रित छ । शक्ति भन्ने कुरा अर्थव्यवस्था र स्वामित्वमा निहित भएको हुन्छ । यी कुरा घरमूलीका रूपमा पुरुष हातमा हुन्छ ।





About Me

What I have written here is 100 per cent true. If you think that it's manufactured par se response, it's a sheer coincidence.

<><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><>

<><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><> <><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><><>
*

><><><><><><><><><><><>Charitrawan chela ko response